सरकारको मनोमानी र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजीको बुटवलमा प्रदर्शन

 

शंकर प्रसाद पोख्रेल

बुटवल, भदौ २३ ।
सरकारको मनोमानी र बढ्दो भ्रष्टाचारविरुद्ध आज जेनजी (Gen Z) पुस्ताले बुटवलमा विरोध प्रदर्शन गरेका छन्। बिहान ९:०० बजे चौराहाबाट सुरु भएको विरोध ¥याली नाराबाजी गर्दै ट्राफिक चोकसम्म पुगेको र प्रदशन अहिलेसम्म यो समाचार लेख्दा सम्म भैरहेको छ।

सडकमा उत्रिएका युवाहरूले ‘भ्रष्टाचार अन्त्य गर’,केपि सर मुर्दाबाद ,सामाजिक संन्जाल संचालन गर , ‘जनताको आवाज सुन्ने सरकार चाहिन्छ’, ‘जनतामाथि अन्याय बन्द गर’ जस्ता नारा लगाएका थिए। सहभागीहरूले वर्तमान सरकार जनभावना विपरीत चलेको र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको भन्दै तीव्र आपत्ति जनाइरहेका छन ।

विरोध ¥यालीमा विद्यालय तथा क्याम्पसका विद्यार्थी, युवा समूह र विभिन्न सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले हातमा प्लेकार्ड बोकेर सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

सहभागीहरूले सामाजिक सञ्जालमा सुरु भएको अभियानलाई सडकसम्म ल्याउनुपर्ने अवस्था आएको भन्दै अब युवा पुस्ता मौन नबस्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, “देशको भविष्य सुरक्षित राख्न भ्रष्टाचारविरुद्ध लड्नु आजको पुस्ताको जिम्मेवारी हो।”

प्रदर्शनका कारण केहीबेर ट्राफिक चोक वरपरको सडकमा सवारी सञ्चालनमा अवरोध भए पनि शान्तिपूर्ण ढंगले कार्यक्रम भैरहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation