काठमाडौं, सोमबार ।
बानेश्वरमा सोमबार दिउँसो भएको प्रदर्शन ले उह्र मोड लिँदा एक जनाको मृत्यु भएको छ। घाइते भएकामध्ये एक जनालाई उपचारका लागि सिभिल अस्पताल ल्याइएकोमा उपचारक्रममै ज्यान गएको सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिएका छन्।
‘एक जनाको मृत्यु भएको छ। अस्पतालभित्र दर्जनौं घाइते छन्,’ डा. रेग्मीले भने, ‘स्थान अभावका कारण व्यवस्थापन गर्न गाह्रो भइरहेको छ, अन्यलाई अन्यत्र पठाउनेबारे समन्वय भइरहेको छ।’
मृतकको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन। प्रदर्शनमा संलग्न अन्य दर्जनौं घाइतेको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको जनाइएको छ।
अधिकृत निकायले घटनाबारे थप विवरण सार्वजनिक गर्न बाँकी छ।











