सामाजिक सञ्जाल बन्दको विरोधमा आन्दोलन, २ जनाको मृत्यु

 

काठमाडौं, सोमबार ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध राजधानीमा भएको प्रदर्शन हिंसात्मक मोड लिँदा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। प्रदर्शनमा संलग्न दर्जनौं घाइते भई विभिन्न अस्पतालहरूमा उपचाररत रहेका छन्।

यसबीच, उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। स्रोतका अनुसार, बैठकमा आन्दोलनको पृष्ठभूमि, सुरक्षा स्थिति र आगामी सरकारी कदमबारे निर्णय हुने अपेक्षा गरिएको छ।

मृतकहरूको परिचय अझै सार्वजनिक भएको छैन भने घटनास्थलमा सुरक्षा सतर्कता कडा पारिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation