काठमाडौं, २३ भदौ ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा जेन–जी पुस्ताले थालेको प्रदर्शन अझै चर्किँदै जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ।
प्रहरीको गोली लागेर संसद् भवनको गेटमै एक जनाको मृत्यु भएको थियो। त्यसपछि, उपचारका क्रममा सिभिल अस्पतालमा २ जना र राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना घाइतेको मृत्यु भएको पुष्टि भएको हो।
यससँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने दर्जनौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।
घटनापछि काठमाडौं उपत्यकाभित्र सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। सरकारले परिस्थितिबारे आपतकालीन छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएको छ।











