काठमाडौं, २३ भदौ
जेन–जी पुस्ताको विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा भएको गोलीकाण्डमा सिभिल अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ। यससँगै मृतकहरूको संख्या १४ पुग्यो।
सिभिल अस्पतालका चिकित्सकहरूले अत्यधिक घाइतेको चापका कारण उपचारमा चुनौती भइरहेको बताएका छन्। मृतकहरूको परिचय अहिलेसम्म खुलिसकेको छैन।
घटनापछि काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता कडा पारिएको छ भने सरकारले परिस्थितिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएको छ।











