अस्पतालहरूमा रगतको अभाव, घाइतेको उपचारमा चुनौती

 

काठमाडौं, २३ भदौ
जेन–जी पुस्ताको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा रगतको अभाव भएको चिकित्सकहरूले बताएका छन्।

सिभिल अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरूका अनुसार, घाइतेहरूको संख्या अत्यधिक भएकाले आवश्यक रगतको आपूर्ति पर्याप्त छैन र यसले उपचार प्रक्रिया गंभीर चुनौतीको सामना गरिरहेको छ।

चिकित्सकहरूले तत्काल रगतदानमा आम जनता र स्वयंसेवी संस्थाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। अस्पताल प्रशासनले आपतकालीन रूपमा रगत आपूर्ति बढाउने प्रयास गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation