बुटवल/भैरहवा, भदौ २३ – जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको आदेश अनुसार, तोकिएका क्षेत्रमा कुनै पनि प्रकारका भीड, जुलुस, प्रदर्शन, सभा, बैठक वा घरबाट बाहिर निस्किन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रशासनले नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि घरभित्रै बस्न आग्रह गरेको छ र आदेशको उल्लंघन गर्नेलाई कानुनी कारबाही हुने चेतावनी दिएको छ।











