काठमाडौँ – आज भएको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा ल्याइएको थियो।
अस्पतालका अनुसार:
ट्रमा सेन्टरमा: ६ जनाको मृत्यु
एभरेस्ट अस्पतालमा: ५ जनाको मृत्यु
सिभिल अस्पतालमा: ३ जनाको मृत्यु
यी विवरण अनुसार अहिलेसम्म पुष्टि भएको संख्या १४ भए पनि अन्य स्थान वा अस्पतालमा थप ३ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ।
घाइते प्रदर्शनकारीहरूको उपचारका लागि आवश्यक व्यवस्था भइरहेको छ र घटनाको पूर्ण अनुसन्धानका लागि प्रशासनले सक्रियता देखाएको जनाएको छ











