जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो, काठमाडौं मेडिकल कलेजमा दुई जनाको परिचय खुल्यो

 

काठमाडौँ – जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ। काठमाडौँमा १६ र इटहरीमा २ जनाको ज्यान गएको पुष्टि भएको छ।

काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ। अस्पतालका एक चिकित्सकका अनुसार, मृत्यु हुनेमा सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल रहेका छन्।

यसअघि ट्रमा सेन्टरमा मृत्यु भएका तीन जनाको परिचय सार्वजनिक भइसकेको थियो।

सुरक्षाकर्मीको गोलीप्रयोगसहितको भिडन्तमा मृत्यु हुनेको संख्या बढ्दै गएपछि विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation