जेनजी प्रदर्शनमा केपि सरकारको “बर्बरतापूर्ण दमन” मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ जना घाइते

 

२३ भदौ, काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरण अनुसार, हालसम्म ३४७ जना घाइते उपचाररत छन्।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्यु हुनेको विवरण यसप्रकार छः

सिभिल अस्पताल, काठमाडौं: ३ जना

राष्ट्रिय ट्रमा सेन्टर: ८ जना

एभरेष्ट अस्पताल: ३ जना

केएमसी अस्पताल: २ जना

त्रिवि शिक्षण अस्पताल: १ जना

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान: २ जना

प्रदर्शनमा घाइते भएकामध्ये कैयौंको अवस्था गम्भीर रहेको र थप मृत्युको सम्भावना ननकारिएको चिकित्सकहरूले बताएका छन्।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको भिडन्तका कारण राजधानीसहित देशका विभिन्न भागमा तनाव चुलिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation