जेनजी आन्दोलनमा १९ को मृत्यु, गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

 

भदौ, काठमाडौं । सोमबार भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। उनले साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररत घाइतेसहित १९ जनाले ज्यान गुमाइसकेका छन्।

आन्दोलनका क्रममा भएको मानवीय क्षतिको नैतिक जिम्मेवारी लिने भन्दै लेखकले राजीनामा बुझाएको एक मन्त्रीले जानकारी दिए। यसअघि उनले पार्टी बैठकमा पनि पदमा नबस्ने अडान सार्वजनिक गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation