काठमाडौं । केही समयदेखि बन्द रहेको सामाजिक सञ्जाल खोल्ने निर्णय सरकारले गरेको छ। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सामाजिक सञ्जाल खोल्ने निर्णय भएको पुष्टि गरेका छन्। उनका अनुसार नागरिकको दैनिक जीवन र सञ्चारमा सहजता ल्याउन सरकार सकारात्मक रुपमा अघि बढेको छ।
यसअघि सरकारले सामाजिक सञ्जाल नियन्त्रणमा लिएको भन्दै आलोचना भएको थियो। सामाजिक दबाब र आलोचनापछि मन्त्रिपरिषद्ले यो निर्णय गरेको बुझिएको छ।











