रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा

भैरहवा, २४ भदौ ।
संभावित प्रदर्शन र झडप रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार पाँच जनाभन्दा बढी भेला हुनु, जुलुस, धर्ना, घेराउ तथा सभा गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।

अत्यावश्यक सेवा भने निषेधाज्ञाबाट प्रभावित नहुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation