सिंहदरबारमै छिरे पर्दशनकारी

 

भदौ २४, काठमाडौं —
सरकारविरुद्ध सडकमा उत्रिएका जेनजी प्रदर्शनकारी आज सिंहदरबारभित्रै छिरेका छन् । बिहानैदेखि आक्रामक रूपमा उत्रिएका उनीहरूले गेट तोड्दै सिंहदरबार प्रवेश गरेका हुन् ।

हिजोदेखि देशभर भड्किएको यो आन्दोलन आज राजधानीसहित ठूला शहरमा अझै तीव्र बनेको छ । शीर्ष नेताका घर, पार्टी कार्यालयदेखि प्रहरी कार्यालयसम्म प्रदर्शनकारीको निशाना बनेका छन् ।

स्थिति गम्भीर बनेपछि मन्त्रीहरूलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।

देशभर चर्किँदो जेनजी आन्दोलन अब निर्णायक मोडतर्फ पुगेको देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation