२५ भदौ, काठमाडौं ।
आन्दोलनको नाममा अराजक गतिविधि बढ्दै गएपछि नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ । सेनाका अनुसार विभिन्न अराजक समूह र व्यक्तिहरूले घुसपैठ गरी सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गरिरहेका छन्।
सेनाले व्यक्ति लक्षित हिंस्रक आक्रमण तथा बलात्कारका प्रयासजस्ता गतिविधि भइरहेका र हुने सम्भावना रहेको भन्दै देशको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।
सडकमा सेना परिचालनसँगै कर्फ्यु उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी समेत सेनाले दिएको छ।











