पोखरा आगजनी : निर्दोष महिला बलि

 

पोखरा, नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको घर भित्र लागेको आगोले केवल भवन मात्र जलाएन, एउटा निर्दोष ज्यानलाई समेत खरानी बनायो।

मंगलबार आक्रोशित आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी बिन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुव थापाको गाडी सोरूम र आवासीय घरमा आगजनी गरे।
त्यो आगो निभेपछि मात्र भयावह सत्य बाहिर आयो—घरमै काम गर्ने एक महिलाको जलेको शव फेला पर्यो।

प्रहरीका अनुसार उनी त्यही घरमा काम गर्थिन्। आन्दोलनकारीको रिस र विनाशकारी भीडबीच उनले ज्यान गुमाउनुपर्‍यो।
यो घटना एउटा तीतो प्रश्न बनेर आउँछ—
आन्दोलनले के ल्यायो? न्याय कि निर्दोषको बलि?

जनआक्रोश व्यक्त गर्ने नाममा निर्दोष जीवन मेटिँदा, त्यो आन्दोलनको सार के रहन्छ?
भवन पुनः निर्माण हुन्छ, तर यो महिलाको परिवारलाई फर्काउन को आउँछ?

यो घटनाले स्पष्ट देखायो—हिंसा र आगो कहिल्यै पनि समाधान होइन, त्यो केवल पीडाको अर्को कथा जन्माउने माध्यम मात्र हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation