-सामना के सी
नेपालमा भदौ २३ र २४ गते भएको “जेन -जि” युवा पुस्ताले भ्रष्टाचार, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा राजनीति हस्तक्षेप, जनताको अधिकारमाथिको हस्तक्षेप विरुद्ध उठेको आन्दोलन सम्पुर्णलाई अवगत नै छ। शान्तिपूर्ण आन्दोलनको सुरुवातसॅगै केहि पाटिका झोलेहरुले उक्साएका कारण कयौं विद्यार्थीमाथि गोली प्रहार भयो, प्रहरीले दमन गर्यो, स्कुल ड्रेसमै रहेका नाबालकहरूलाई लाठीचार्ज गरियो , दर्जनौं निर्दोषले ज्यान गुमाए, सयौं घाइते भए। यो घटनाले आन्दोलनलाई अझ बलियो बनायोअब यो केवल विरोध होइन, क्रान्तिमा रूपान्तरणमा परिवर्तन हुन पुग्यो।
युवाहरू भन्छन्, “हामी आन्दोलन गर्न चाहन्थ्यौं भन्ने होइन, तर भ्रष्टाचारले हाम्रो भविष्य लुटेको छ। देशमा रोजगारी छैन, शिक्षा खराव स्थितिमा छ, विदेशिनुबाहेक अर्को विकल्प छैन।” आजको युवा पुस्ता निराश, आक्रोशित र अपमानित महसुस गर्दैछ। उनीहरू अब चुप लागेर बस्न चाहँदैनन्। उनीहरू भन्छन्, देश हाम्रै हो, अनि देश बिगार्नेहरू विरुद्ध आवाज उठाउनु हाम्रो कर्तव्य हो। नेपालका विश्वविद्यालय, अस्पताल, न्यायपालिका, सुरक्षा निकाय सबै राजनीतिक पहुँचमा आधारित रूपमा चलेका छन्। न्याय र निष्ठाको आधारमा होइन, शक्तिको आधारमा निर्णय हुने यो व्यवस्था अब जनताले स्वीकार्न सक्दैनन्। भ्रष्टाचार सामान्य अपराध होइन, राष्ट्रघात हो। जो देश लुट्छ, उनीहरूमाथि कारबाही हुनुपर्छ। उनीहरूको सम्पत्ति जफत हुनुपर्छ, उनीहरू जेल जानुपर्छ। अर्कोतर्फ, इमान्दार कर्मचारीहरूलाई सुरक्षा दिनु र प्रोत्साहन गर्नु सरकारको दायित्व हो। यो आन्दोलन केवल सरकार विरोध होइन, यो सुशासनको माग हो। सडक, संसद, सामाजिक सञ्जाल सबैतिर एउटै आवाज उठेको छ: “अब धेरै भयो”, “भ्रष्टाचार सहिँदैन।” तर दुर्भाग्य, नेताहरूले ती आवाज सुन्नुको सट्टा मजाक बनाउन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले “Gen Z” आन्दोलनलाई “ठगहरूको औजार” भनेर टिप्पणी गरेपछि जनताको आक्रोश झनै चर्किएको छ। यस्तो अवस्थामा अब प्रश्न उठ्छ नेताहरू जनताको दुःख कहिले बुझ्ने?
तर यस्तो गम्भीर परिस्थितिमा पनि सर्वोच्च अदालत मौन रहेको देखियो। नेपालको संविधानको धारा १२८ र १३३ अनुसार अदालतले राष्ट्रपतिको वा सरकारको निर्णयमाथि पुनरावलोकन गर्न सक्छ, अनि संविधानविपरीतका कार्यहरू बदर गर्न सक्ने अधिकार रहदा रहदै पनि चुप बसेको पाईन्छ। जसले गर्दा युवा झनबढि आक्रोशमा आएका हुन।
अवस्था बिग्रदै जादा कयौं युवा झुले नेता,मन्त्री प्रधानमन्त्रीहरू एकपछि अर्को राजनीतिक दलका पार्टिहरुले राजीनामा दिइरहेका छन्। देश नेतृत्वविहीन जस्तो महसुस भइरहेको छ। यस्तो स्थितिमा अब नेतृत्व कसले लिने? के बालेन्द्र शाह (Balendra Shah) जस्ता इमानदार र युवामैत्री नेताले अगुवाइ गर्ने? वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जस्ता न्यायिक छवि भएका व्यक्तिले जिम्मेवारी सम्हाल्ने? वा देशको प्रमुख सेना ? के सेनाले उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष प्राधिकरणले मान्यता दिनेछ, के उनीहरूले तानाशाहको रूपमा नेतृत्व गर्नेछन् वा कसैलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नेछन्? देशले पूर्ण नयाँ अनुहार रोज्नेछ? अबको नेतृत्व केवल सरकार चलाउने व्यक्ति होइन, नयाँ युगको प्रतिनिधि हुनुपर्नेछ। किनकि अबको परिवर्तन व्यवस्थाको परिवर्तन हो, केवल सत्ताको होइन।
युवाहरूले देशका निम्ति बलिदान दिए , कयौं ऐतिहासिक भवन, आदालत, कारागार , सरकारी कार्यालय, मालपोत, यातायात , होटल, बैंक , घरहरु नष्ट भए । जसको निर्माण गर्न अवश्य समय लाग्छ ।उनीहरू एउटै प्रश्न सोधिरहेका थिए, देश भ्रष्टाचार मुक्त हुन कति निर्दोषको रगत बगाउनु पर्छ परिवर्तनका लागि? उनीहरूको पीडाले सिंगो राष्ट्रलाई हल्लाएको छ। अब मौन बस्ने बेला होइन। हरेक नागरिकले उठ्नुपर्छ, बोल्नुपर्छ र सही बाटोमा कदम चाल्नुपर्छ। यदि यो मौका फेरि गुमायौं भने, देश अँध्यारोतर्फ झनै धसिनेछ। तर यदि यो आक्रोशलाई सोच विचारसाथ सही दिशामा मोड्न सक्यौं भने, यो आन्दोलन आशा, इमानदारी र समृद्धिको नयाँ युगको सुरुवात बन्न सक्छ। के त्यी युवाको बलिदानले देशको मुहारमा परिवर्तन आउन्छ त ?











