संविधानको रक्षा र राष्ट्रपति पौडेलको अवस्थाबारे स्पष्ट पार्न माग राख्दै नेविसंघको प्रदर्शन

 

काठमाडौं, भदौ २६ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ।

संविधानको रक्षा गर्नुपर्ने, राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सार्वजनिक गरिनुपर्ने र सर्वपक्षीय बैठक बोलाउनुपर्ने मागसहित नेविसंघले प्रदर्शन आयोजना गरेको हो।

नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललगायतका नेतृत्वमा सहभागी कार्यकर्ताहरूले ‘राष्ट्रपतिको अवस्था सार्वजनिक गर’ भन्ने लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए।

प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation