संविधानको रक्षा माग गर्दै एमाले र एकीकृत समाजवादीका नेता–कार्यकर्ता प्रदर्शनमा

 

काठमाडौं, भदौ २६ ।
संविधानको रक्षा गर्नुपर्ने मागसहित नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेता–कार्यकर्ताहरू आज काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन्।

बुधबार बिहान दुवै दलका नेता–कार्यकर्ताहरूले मीनभवन क्याम्पसको गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन्।

उक्त प्रदर्शनमा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियूका पूर्वअध्यक्ष समिककुमार बडाल, पूर्वउपाध्यक्ष गोविन्द गिरी, एकीकृत समाजवादी–निकट अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले संविधानको रक्षा गर्न सरकार र सम्बद्ध निकायलाई दबाब दिने नाराबाजी गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation