अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अघि सार्ने जेनजी नेपालको निर्णय

 

काठमाडौं, भदौ २६
जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङलाई अघि सार्ने निर्णय गरेको छ।

देश राजनीतिक अनिश्चितता र अस्थिरतामा फँसेको अवस्थामा वैकल्पिक नेतृत्व आवश्यक रहेको निष्कर्षसहित जेनजी नेपालले घिसिङलाई योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो।

ऊर्जाक्षेत्रमा सुधार र पारदर्शी व्यवस्थापनका कारण कुलमान घिसिङ लोकप्रिय छवि बनाउन सफल नेता मानिँदै आएका छन्। जेनजी नेपालका अनुसार, “स्वच्छ छवि, कार्यक्षमता र जनआस्था” नै घिसिङलाई अघि सार्नुको मुख्य कारण हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation