काठमाडौं, भदौ २६
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ। विभिन्न घटनामा घाइते भएका मध्ये हालसम्म एक हजार ३६८ जना उपचाररत रहेका छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन्।
उपचार जारी रहँदा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।











