केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

 

काठमाडौं । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ ।

पूर्वप्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दर्ता गराएका हुन् । जाहेरी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पेस गरिएको हो ।

शाहले दर्ता गरेको जाहेरीमा गोली चलाउन आदेश ओलीकै निर्देशनमा भएको स्पष्ट दाबी गरिएको छ । उक्त घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको ज्यान गएको र धेरैजना घाइते भएको उल्लेख छ ।

मृतक युवाहरूमा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।

शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि भएको गोलीकाण्डलाई लिएर दर्ता गरिएको यो जाहेरी राजनीतिक रूपमा समेत संवेदनशील मानिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation