नेपालमा पहिलो पटक महिला महान्यायाधिवक्ता, सबिता भण्डारीको नियुक्ति

काठमाडौं, भदौ २९।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई नेपालकै इतिहासमा प्रथम महिला महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।

जेन–जी आन्दोलनको दबाबमा बनेको अन्तरिम सरकार प्रमुख भएकी कार्कीले शनिबार सबिताको नाम सिफारिस गरेकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेलले सो सिफारिसलाई स्वीकृति दिएपछि सबिता आधिकारिक रूपमा महान्यायाधिवक्ता बनेकी हुन्।

९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी सबिता लामो समयदेखि न्याय क्षेत्रमा सक्रिय छिन्।

यसअघि महान्यायाधिवक्ता रहेका केशव बडालले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेपछि सबिताको नियुक्ति मार्ग प्रशस्त भएको हो।

सबिता भण्डारीको यो नियुक्ति न्याय क्षेत्रमा महिला नेतृत्वको ऐतिहासिक उपलब्धि मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation