खण्डहर शीतलनिवास बाहिर पाल टाँगेर मन्त्रीले लिय शपथ 

 

काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा शीतल निवासमा भएको आगजनीपछि बस्नै नमिल्ने खण्डहर बनेको भवनको बाहिर सोमबार तीन मन्त्रीले पाल टाँगेर शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा–भौतिक योजना तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्याललाई शपथ दिलाएका हुन्।

शपथ कार्यक्रममा सरकारी निकायका प्रमुख र कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि उपस्थित थिए। घिसिङलाई तीन मन्त्रालय र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation