शंकर प्रसाद पोख्रेल
रुपन्देही । सरकारले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्मानमा असोज १ गते (बुधबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले असोज १ गतेलाई राष्ट्रिय शोकका रूपमा मनाउँदै नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिन निर्णय गरेको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूको सम्झनामा सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ।











