मुग्लिन–नारायणगढ सडक खण्ड पहिरोले अवरुद्ध

 

चितवन, १ असोज ।
मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। गएराती तुईन खोलानजिकै ठूलो पहिरो खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति करिब १० बजेतिर खसेको पहिरोले सडक पूर्णरूपमा थुनिएको छ। सडक अवरुद्ध भएपछि रातिदेखि यात्रुहरू बीचमै अलपत्र परेका छन्।

डिभिजन सडक कार्यालयका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु गरिएको छ। मौसममा सुधार आएपछि सडक खोल्न सहज हुने बताइएको छ।

प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गर्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation