बुटवलमा ‘दशैं–तिहार पुस्तक मेला’ सुरु, ३० प्रतिशतसम्म छुटको आकर्षण

 

शंकर प्रसाद पोख्रेल

बुटवल । पर्व–उत्सवको रमझमसँगै बुटवलमा पुस्तकप्रेमीहरूका लागि विशेष अवसर ल्याइएको छ। बुटवल उपमहानगरपालिका–६, चन्द्रनगरस्थित विशाल पुस्तक सदनले आयोजना गरेको ‘दशैं–तिहार पुस्तक मेला’ असोज १ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको हो।

मेलामा सहभागी हुने पुस्तकप्रेमी, विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको विशेष छुटको सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ। यस मेलाको प्रमुख उद्देश्य समाजमा पठन–संस्कृति प्रवर्द्धन गर्ने, ज्ञान र विचारको आदान–प्रदानलाई सहज बनाउने तथा घर–घरमा पुस्तक र पुस्तकालयको पहुँच विस्तार गर्ने रहेको छ।

विशाल पुस्तक सदनका अनुसार मेलामा विविध विषयका पुस्तकहरू मात्र नभई विद्यालय, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, होटल, रेस्टुरेन्ट र अस्पतालहरूमा पनि ‘मिनी लाइब्रेरी’ सञ्चालन गर्न प्रेरित गरिनेछ। यसले ज्ञानमूलक समाज निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ।

पुस्तक मेलामा बालबालिका, युवावर्गदेखि साहित्य, दर्शन, राजनीति, इतिहास, स्वास्थ्य, विज्ञान, व्यवस्थापन लगायतका पुस्तकहरू प्रदर्शन र बिक्रीमा रहनेछन्। साथै, २४ घण्टा घरमै पुस्तक पु-याउने होम डेलिभरी सेवा पनि उपलब्ध हुने आयोजकले जनाएको छ।

मेलामा प्रवेश निःशुल्क छ। पुस्तकप्रेमीहरूको भीडभाडलाई मध्यनजर गर्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्म पुस्तक मेला सञ्चालन गरिने छ।

‘पढ्ने समाज, अघि बढ्ने समाज’ भन्ने नारासहित सुरु गरिएको यस पुस्तक मेलाले दशैं–तिहारलाई मात्र पर्व नभई ज्ञानको उत्सवमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।

मेलालाइ  विशाल पुस्तक सदनले आयोजना गरेको हो भने विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा पनि यससँगै सञ्चालन हुने संचालक  दिपेन्द्र जिसीले जानकारी गराउनु भएको छ ।

थप जानकारीका लागि सम्पर्क : विशाल पुस्तक सदन, बुटवल मुबाइल नम्बर 9857030210

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation