शंकर प्रसाद पोख्रेल
बुटवल । बुटवलका हृदय रोग विशेषज्ञ (कार्डियोलोजिस्ट) डा. सुधीर प्रसाद साहले हालै सम्पन्न जेनजेडी आन्दोलनका सहिदका परिवार र आन्दोलनमा गम्भीर घाइते भएकाहरूलाई जीवनभर निःशुल्क उपचार सेवा दिने घोषणा गरेका छन्।
उनले सहिद परिवारसँगै आन्दोलनका क्रममा हात वा खुट्टा गुमाएका, दृष्टि गुमाएका वा अशक्तता भोगिरहेका व्यक्तिहरूलाई पनि आफ्नो अस्पताल तथा क्लिनिकमार्फत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।
डा. साहका अनुसार यस सेवाको लाभ लिन इच्छुकले सहिद परिवार वा घाइते भएको प्रमाणसहित आउनुपर्नेछ। उनले यो पहलमार्फत आन्दोलनका क्रममा बलिदान र पीडा व्यहोरेका परिवारलाई सम्मान र सहयोग गर्न चाहेको बताएका छन्।











