लालकिरण पोख्रेल
देशलाई विश्वमा नमुना बनाउनकाे लागि
देशको चाैतर्फी विकासका लागि
देशको नयाँ राजमार्ग तयारीका लागि
रामराज्य निर्माणका लागि
राजनीति ।
देशलाई अग्रगमन पथमा लैजान
शासनव्यवस्था कुशल बनाउन
जनतालाई शान्ति र सुरक्षा दिन
स्वदेशमा राेजगारीकाे अवसर सिर्जना गर्न
राजनीति ।
आधुनिक र वैज्ञानिक शिक्षा प्राप्तिकाे लागि
युग सुहाउँदो र भूगोल अनुसारको सीपका लागि
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक
जनशक्ति उत्पादनका लागि
प्रयाेगात्मक र जीवनवादी शिक्षाका लागि
राजनीति ।
देशको सीमाना सुरक्षा गर्न
राष्ट्रिय एकता मजबुत बनाउन
धार्मिक, भाषिक र जातीय एकता कायम गर्न
अन्धविश्वास र रूढिवादकाे अन्त्य गर्न
देशभित्र अमनचयन र सहिष्णुता कायम गर्न
राजनीति ।
अर्थतन्त्रमा देशलाई आत्मनिर्भर बनाउन
प्राकृतिक सम्पदाको यथाेचित उपयोग गर्न
वीरताकाे इतिहास संसारभरि फैलाउन
जनश्रमकाे उच्च सम्मान गरी
देशलाई अग्रगामी मार्गमा लैजान
राजनीति ।
स्वतन्त्रता र समानताको लागि
लाेकतन्त्र र मानवअधिकारकाे लागि
न्याय, समानता र समावेशीकरणका लागि
माैलिक हकअधिकार कार्यकलापकाे लागि
राजनीति ।
जातीयता र छुवाछूतको अन्त्यका लागि
गरिब वर्गको उत्थानकाे लागि
सामाजिक, सांस्कृतिक र चेतनाकाे लागि
वर्गीय मुक्तिकाे लागि
राजनीति ।
तर मेरो देशको राजनीति—
देशको राजनीति अस्तव्यस्त छ ।
जन्ममा राजनीति,
नामकरणमा राजनीति,
मृत्यु संस्कारमा राजनीति,
विवाहमा राजनीति,
भाेजमा राजनीति,
राजनीति ।
अर्मपर्म जाँदा राजनीति,
व्यापारमा राजनीति,
सञ्चारमा राजनीति,
ऋण लिन राजनीति,
जागिर खान राजनीति,
राजनीति ।
आहा! याे देशको राजनीति—
विकासमा राजनीति,
ठेक्कामा राजनीति,
नियुक्तिमा राजनीति,
अदालतमा राजनीति,
प्राज्ञिक स्थानमा राजनीति,
राजनीति ।
धर्ममा राजनीति,
कर्ममा राजनीति,
उद्योगमा राजनीति,
बैंकमा राजनीति,
ठगी धन्दामा राजनीति,
राजनीति ।
कैदीमा राजनीति,
भ्रष्टाचारमा राजनीति,
सहकारीमा राजनीति,
क्लबमा राजनीति,
पानीमा राजनीति,
राजनीति ।
विवाह गर्न असम्भव भयो,
विद्यालयमा भर्ना असम्भव भयो,
विदेश पठाउन ग्राहक भयो,
राेजगार हुन कठिनाइ भयो,
राजनीति ।
कुटनीतिमा राजनीति,
अनुदानमा राजनीति,
अस्पतालमा राजनीति,
यातायातमा राजनीति,
हुँदाहुँदा मन्दिरमा
राजनीति ।
बढुवामा राजनीति,
सरुवाामा राजनीति,
घुसमा राजनीति,
भुसमा राजनीति,
आगोमा राजनीति,
खरानीमा राजनीति,
अचम्मकाे राजनीति ।
कुन प्रकारको छ ?
कस्तो आकारको छ ?
कस्तो रङ्गको छ ?
कस्ताे भेषभूषाकाे छ ?
यत्रतत्र सर्वत्र
कहाँ छैन ?
ए !
राजनीति ।











