जेनजि आन्दोलन पछि जन्मेका प्रस्नहरु

गणेश आचार्य

अहिले सम्म सरकार संचालन गरिरहेका जिम्मेवार राजनीतिक दल , अहिलेको सरकार , सुरक्षा निकाय , र ब्युरोक्रेसिको यो दुर्दशा देख्दा के यो देश पुर्खाहरुले भने झै पसुपतिले नै चलाएको हो त ? भन्ने प्रस्न बलियो बन्दै गइरहेको छ ?
देशका यत्रा भौतिक संरचना ध्वस्त भएका छ्न , यति ठुलो विध्वंसको तयारी भएको मेसो नपाउने सेना , प्रहरी , ससस्त्र , राष्ट्रिय अनुसन्धान के गरेर बसेको थियोे ? कि उसको पनि यस्तै होस भन्ने थियोे र ? अहिले सम्म देशको भौतिक सम्पत्ति नोक्सान गर्ने कति मान्छे सजायको दायरामा आए ? सर्बोच्च अदालतको प्रधान न्यायाधीश भएको मान्छे ले आफु नै प्रधानमन्त्री हुन जननिर्बाचित संसद विघटनको सर्त किन राखिन ? देशलाइ नै भारतीय संघमा मिलाउन ओकालत गर्ने दुर्गा प्रसाइ जस्तो मान्छेको सैनिक हेडक्वाटरमा त्यो संगीन अवस्थामा निरन्तर भेटघाट र सम्बाद किन र कसरी भयो ? जेनजिको आन्दोलन भनिरहदा सेनाले राप्रपा , रास्वपा र दुर्गा प्रसाइ लाइ स्टेक होल्डर किन भन्यो ? के यि विषयहरु बिचारणिय र बहस छ्लफल गर्नु पर्ने विषय हैनन र ?
यस्ता विषयहरुलाइ महत्त्व नै नदिएर किन केबल निर्वाचनको मात्र कुरा गरिरहेको छ सरकार ? किन मौन छ्न पटक पटक सरकारको बागडोर समालेका दलहरु ? के यो सम्पुर्ण हर्तक नेपाली युबा र नागरिकहरुले आफै गरेका हुन त ?
देश र सम्पुर्ण नेपाली नागरिकको पहिचान र इतिहास नै मेटाउने गरी सिंहदरबार र सर्बोच्च अदालत सहित देशभरका यत्रा भौतिक संरचना किन नस्ट गरियो ? नेपाली नेता र ठुला व्यावसायिहरुलाइ ताकि ताकि किन आक्रमण गरियो ?
हो नागरिकमा भ्रष्टाचार र अनियमितताको आक्रोश थियोे । के त्यसैको कारण मात्र यत्रो बितण्डा भयो त ? त्यसो भन्ने हो भने यहा राष्ट्रिय जनमोर्चा जस्ता भ्रष्टाचार बिरोधि दलपनि त थिए । के ति आगो लगाउदै हिडनेले राष्ट्रिय जनमोर्चाको भ्रष्टाचार र अनियमितता विरुद्धको आन्दोलनलाइ सपोट गरेका थिए त ? देश बिदेशमा मजदुरी गर्ने कार्यकर्ताहरुले चन्दा दिएर बनेका राष्ट्रिय जनमोर्चाका भबन किन जलाइयो ? के त्यो भ्रष्टाचारको रकम थियोे ? कुनै राजनीतिक र सार्बजनिक जिम्मेवारीमा नभएका ब्यापारीहरुको निजि सम्पत्ति किन नोक्सान गरियो ? त्यहि नोक्सान भारतीय ब्यापारीहरुको किन भएन ?
जेनजिहरुको खास आन्दोलन भ्रष्टाचार र सोसल मिडिया बन्दका विरुद्धमा थियोे । के त्यो आन्दोलन त्यसैमा सिमित भयो त ? बार्ता सम्बाद गर्ने राज्य पक्षका मान्छेहरु जेनजिको आधिकारीक मान्छे नखोजेर जो पायो त्यहि मान्छे सित सम्बाद र सहमति किन गर्यो ? के अब यो देश बुद्धि बिबेकले नभएर यस्तै लठेत भिडभडकाका आधारमा चल्ने हो ? अन्तर्राष्ट्रिय रुपमा देशको बदनाम भएको छ , हिजो सरकार चलाउने माथि ठुलो प्रस्न उठेको छ , के अब त्यसको जबाफ बिना नै मुक्ति मिल्ने हो ?
देशमा यत्रो बितण्डा मच्चाउन अमेरीका र भारतको हात छ भन्ने कुरा सोसल मिडियामा आइरहेको छ । भारतका दर्जनौं मिडियाले बालेन साहा अमेरीकन प्रतिनिधि हो , केपि ओलि चिनमा भ्रमण गरेर चिन सम्बन्ध बिस्तार गरेर आएकोले नेपालमा भारत र चिनको द्वन्द्व भएको हो भनिएको छ । के जेनजि बिद्रोह पछि भनेको सरकार र बालेन साहाले त्यो जबाफ दिनु पर्दैन ? अन्तर्राष्ट्रिय रुपमा देशको बदनाम हुदा सिङ्गो देश एक ठाउँमा आएर त्यो देशको रक्षा र बचाउ गर्ने कि झनै जुहारी खेल्ने ? के यसरी देशको सार्बभौमसत्ता जोगिन्छ ? विषयहरु दृश्यमा जे देखिएका छ्न , तिनै मात्र हुन त ?
भ्रष्टाचार र अनियमितताको जसरी बिरोध भएको छ , त्यो सरकारको पात्र फेरेर मात्र समाधान हुने हो ? कानुनि ब्यबस्था र संरचना यहि भएपछि भ्रष्टाचार कसरी अन्त्य हुन्छ ? के जेनजि आन्दोलनको कमाण्ड गर्ने र विध्वंस मच्चाउनेहरु सदाचार र नैतिकता भएका मान्छेहरु हुन ? कैयौं ले मानौ क्रान्ति नै भयो झै गरेको देखिन्छ । यसैलाई क्रान्ति मान्ने हो भने हिजोको माओवादीको जनयुद्ध र कम्युनिस्ट आन्दोलनमा यत्रो त्याग , समर्पण र बलिदान किन ? भाद्र २३ को गोलिचलाउने ब्यक्ति र हतियारहरु नेपाल प्रहरी र प्रहरीका हैनन भन्ने प्रस्न उठिरहेको छ । यो विषयमा प्रहरी प्रधान कार्यालय र अहिलेको गृहमन्त्री बोल्न पर्दैन ? सरकार चलाउने र नेतृत्व गर्ने कुरा भियुज बढाएर पपुलारिटि कमाउने कुरा हो र ?
सर्बोच्च अदालतको फाइल चलाउनु भनेको भ्रष्टहरुलाइ जोगाउने खेल त थिएन ? रास्वपा पार्टीको सभापति जो बिचाराधिन मुद्दामा थुनामा थिए । उनलाइ निकाल्ने योजना किन र कसले बनायो ? ल ठिक छ एकछिनलाइ आन्दोलनको रापतापको बेला तोडफोड भएर निस्के भन्ने मानौ । त्यसो हो भने पार्टीका जिम्मेवार नेताहरु उनि निस्कने बेला कारागार कसरी पुगे ? स्वागत किन गरे ? त्यत्रो विध्वंस भएको बेला कारागारले सुरक्षा दिन नसकेर पठाएको हो भन्ने कुरा मान्ने हो भने बिजय उत्सव झै गरेर उनि किन सडकमा आए ? यि तमाम विषयले जबाफ खोजिरहेकाछ्न र ति सबै अनुत्तरित छ्न ।
माथी उल्लेखित तमाम प्रस्नहरुको जाबाब दिन जेनजि आन्दोलनको अपनत्व लिएर बार्ता सम्बादमा बस्ने जेनजि अगुवा , बर्तमान नेपाल सरकार , बिगतको सरकारको नेतृत्व गर्ने राजनीति दल , सुरक्षाका अङ्ग र ब्योरोक्रेसि तयार हुनु नपर्ने हो ? यदि यस्तै नै हो भने मैले लेखाइको पहिलो प्यारामा भने झै पुर्खाहरुले भनेको देश पसुपतिले चलाइरहेकाछ्न , जे हुन्छ सहेर बस्ने बाहेक अरु हुदैन भन्ने त होला हैन सरकार ?
मिति २०८२ असोज ५

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation