काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धरा कारागारबाट भागेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी सोमबार साँझ पुनः कारागार फर्किएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी आफैं कारागार फर्किएको सुन्धरा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन्।
उनका अनुसार सोही प्रकरणमा कैद रहेका पूर्वगृह सचिव टेकनारायण पाण्डे भने अहिलेसम्म फर्किएका छैनन्।











