चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको समाचार संकलन गरी फर्किँदै गरेका दुई जना पत्रकार मोटरसाइकल दुर्घटनामा घाइते भएका छन्। मंगलबार साँझ करिब ६ बजे भएको दुर्घटनामा नेपाल टेलिभिजनका चितवन संवाददाता अनिल ढकाल र पत्रकार महासंघ चितवनका सदस्य सुदन पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।











