काठमाडौं । आन्दोलन र तोडफोडका बीचमा पनि भदौ महिनामा आयात बढेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ४३ अर्ब रुपैयाँको आयात भएकोमा भदौमा १ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको हो ।
चीनसँगको स्थलगत नाका अवरोध र भदौ २४ गतेको आन्दोलनका कारण केही दिन भारतसँगको नाका प्रभावित भए पनि आयातमा कमी नभई वृद्धि भएको विभागले जनाएको छ । व्यापारीहरूका अनुसार यसपालि दशैं चाँडै परेको हुँदा बजार आपूर्ति धान्न आयात उच्च भएको हो ।
साउन र भदौ गरी दुई महिनामा ३ खर्ब ५ अर्ब बराबरको सामान आयात भएको छ । गत वर्षको सोही अवधिमा भने २ खर्ब ६५ अर्ब रुपैयाँको मात्र आयात भएको थियो । यसरी अघिल्लो वर्षको तुलनामा आयातमा करिब १६ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ ।











