काठमाडौं । ‘जेन–जी’ आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गर्दै गरेको भिडियोका आधारमा काभ्रेपलाञ्चोक घर भएका युवराज क्याप्छाकीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार आन्दोलन भएको दिनमै उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
भदौ २४ गतेको प्रदर्शनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। प्रहरीले यसलाई योजनाबद्ध आक्रमण मानेर अनुसन्धान अघि बढाइरहेको छ।











