शिक्षा मन्त्री महाविर पुनको निर्देशन: हरेक विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य

 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले देशभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सुनिश्चित गर्न विशेष पहल थालेका छन्। पदबहाली गरेको भोलिपल्टै मन्त्रालयमा पदाधिकारीहरूसँगको छलफलमा उनले हरेक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिनुभएको हो।

मन्त्री पुनका अनुसार नेपालभरका विद्यार्थीलाई कम्प्युटर शिक्षाबाट बञ्चित हुन नदिने उद्देश्यले यो निर्णय गरिएको हो।

त्यसैगरी उनले विश्वविद्यालयलाई अधिकतम ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभएको छ। समयमै परीक्षाफल सार्वजनिक नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी पनि दिनुभएको छ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर हाताभित्र रहेको ठूलो क्षेत्रफलको झाडी फाँडेर सरसफाइ गर्दै बगैँचासहितको फुटपाथ निर्माण गर्न समेत मन्त्री पुनले निर्देशन दिनुभएको छ।

उहाँले दिएको निर्देशनसम्बन्धी जानकारी आफ्नै फेसबुक पेजमार्फत सार्वजनिक गर्नुभएको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation