नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा

 

काठमाडौँ । शारदीय नवरात्रको तेस्रो दिन हिन्दू धर्मावलम्बीहरूले माता चन्द्रघण्टा देवीको पूजा गरिरहेका छन्। धार्मिक मान्यता अनुसार चन्द्रघण्टाको आराधनाले दुःख, कष्ट र बाधा हटाउँछ र साधकमा वीरता, निर्भयता र आत्मबल बढाउँछ।

देवीलाई विशेष गरी दूधजन्य परिकार, रातो फूल, फलफूल, चन्दन र सुगन्ध प्रिय मानिन्छ। पूजा विधिमा संकल्प, कलश स्थापना, मन्त्र जप र दुर्गा सप्तशतीको पाठ समावेश छ। देवीले त्रिशूल, गदा, तरबार, धनुष-बाण, कमण्डलु, कमल पुष्प र अक्षरमाल धारण गरेकी छिन् र उनको वाहन सिंह हो।

विशेषगरी नवरात्र अवधिमा नेपालका शक्तिपीठहरू—जस्तै शोभा भगवती, नक्साल भगवती, गुयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, बङ्गलामुखी—मा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ।

पूजा गर्दा साधकले निम्न मन्त्रको जप गर्नुपर्छ:
“यादेवीसर्वभूतेषुमाँचन्द्रघण्टारूपेणसंस्थिता। नमस्तस्यैनमस्तस्यैनमस्तस्यै नमोनमः।”

माता चन्द्रघण्टाको भक्ति र आराधनाले परिवारमा सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याउने धार्मिक विश्वास रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation