साम्राज्यवादी चक्रभ्युबाट देशलाइ बचाउने दाइत्त्व देशभक्त र कम्युनिस्टहरुको काधमा छ -आचार्य

दाङ
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले साम्राज्यवादी चक्रभ्युबाट देशलाइ बचाउने दायित्व देशभक्त तथा कम्युनिस्टहरुको काधमा भएको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समिति द्वारा आयोजित बर्तमान राजनीतिक संकट र यसको समाधान का विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाइ प्रशिक्षण दिदै उहाले उक्त कुरा बताउनु भएको हो । अहिले देशमा राजनीतिक संकट पैदा भएको छ , हाम्रा रणनीति उदेश्य नयजनबाद , जनगणतन्त्र , समाजबाद र साम्यवाद हो । तर अहिलेको हाम्रो कार्यभार भनेको साम्राज्यवादको चक्रभ्युबाट देशलाइ बचाउने कुरा हो । त्यसको लागि सबैभन्दा उत्तम बिकल्प भनेर संबैधानिक बिकल्प हो भनेर पार्टीको आफ्नो अबधारणा अगाडी सारेको कुरा बताउनु भयो ।
उहाले अगाडी भन्नु भयो जेनजेट पुस्ताले उठान गरेको भ्रष्टाचार र कुसासन विरुद्धको आबाज सहि भएको तर आन्दोलनलाइ कमाण्ड गर्ने र अर्काले हाइज्याक गर्ने कुराको समेत मेसो नपाउनु गल्ति भएको कुरा बताउनु भयो । त्यहि आन्दोलनमा घुसेर देशको पहिचान समाप्त गर्ने योजनाकार र नेपाली सेनाको भुमिका आत्मघाति भएको कुरा बताउनु भयो । उहाले अहिलेको सरकाको स्वरुप , त्यसको निर्माण प्रक्रिया सबै हेर्दा देशको भबिस्य उज्वल नभएको कारण सबै देशभक्त र क्रान्तिकारी कम्युनिस्टहरु सचेत हुनु पर्ने कुरा बताउनु भयो ।
नगर अध्यक्ष मनिराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल , अखिल नेपाल जनजाति सम्मेलनका पुर्ब केन्द्रिय सदस्य रामबहादुर जिएम , अखिल नेपाल कानुन ब्यबसायी संघ का केन्द्रिय उपाध्यक्ष नुमानन्द आचार्य , अखिल ( छैठौ) का केन्द्रिय सदस्य सेबक भट्टराई लगायतले प्रशिक्षण मन्तव्य राख्नु भएको थियोे ।
नगर उपाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन नगर सचिब बलदेव बिक ले गर्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सहसचिब कृष्णा राना , अखिल नेपाल शिक्षक संघ जिल्ला सहसचिब उमकला खनाल , जातीय समता समाज जिल्ला अध्यक्ष सुर्यलाल नेपाली , अखिल नेपाल युबक संघ प्रदेश सदस्य दिपक केसि , अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश पाण्डे लगायतको आतिथ्यता रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation