काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा–आराधना गरी मनाइँदै छ।
हिन्दू धर्मशास्त्रअनुसार अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा देवी कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। भक्तजनहरूले आजका दिन देवीको पूजा आराधना गरी शक्ति, साहस र मनोवाञ्छा पूर्तिको कामना गर्ने गर्दछन्।
देशभरका देवी मन्दिरहरूमा विशेष पूजाआजा तथा भक्तजनहरूको भीड देखिने गर्छ।











