देश गम्भीर राजनीतिक संकटमा छ : रस्मिराज नेपाली

 

दाङ, लमही । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले देश राजनीतिक रुपमा गम्भीर संकटमा रहेको बताएका छन्।

लमही नगर समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै उनले भने, “संविधान जिउँदै छ तर सरकार बनाउँदा संविधानको ख्याल गरिएको छैन। सरकार विभिन्न स्वार्थ समूहका आधारमा बनेको छ, जसले राजनीतिक संकट समाधान गर्नेभन्दा पनि पपुलारिज्म कमाउने काम गरिरहेको छ।”

उनका अनुसार यो तरिकाले न त संकट टार्न सकिन्छ न संविधानको रक्षा नै हुन्छ, जसले परिस्थितिलाई झन गम्भीर बनाउन सक्छ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पनि अहिलेको संकट समाधान संविधानिक बाटोबाटै सम्भव हुने उल्लेख गरे। “संविधान भन्दा बाहिर जाने हो भने संकट झन गहिरिनेछ, अस्थिरता बढ्नेछ र वैदेशिक हस्तक्षेप निम्तिनेछ,” उनले भने।

जिल्ला सचिव बसन्तराज शर्मा पौडेलले पनि  मन्तव्य राखेका थिय।

कार्यक्रम नगर समिति अध्यक्ष बासुदेव भट्टराईको अध्यक्षतामा, उपाध्यक्ष बसन्त आचार्यको स्वागत मन्तव्य र सचिव लेखराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्यहरू ठाकुर भण्डारी, सिता पौडेल, कुलचन्द्र पोख्रेल, हरी थापा, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रुमाल बसेल, अखिल नेपाल जनजाति सम्मेलन जिल्ला सदस्य सुन्दर चौधरी, अखिल नेपाल महिला संघ लमही नगर अध्यक्ष बसन्ता खनाल पोख्रेललगायत सहभागी थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation