बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा २०८२ असोज ११ गते बागलुङ बजारमा “राष्ट्रियता र संविधानको रक्षाको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजीगाउँले श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गरेका थिए। त्यस्तै, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार नरबहादुर पुनले सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा संगठनको धारणा प्रष्ट पारेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका जगन्नाथ आचार्य, नेकपा समाजवादीका पिङ्गलराज गौतम, राष्ट्रिय स्वाधीन पार्टीका खिमानन्द पौडेल, धौलागिरी बहुमुखी क्याम्पसका अध्यक्ष डा. दिनबहादुर थापा, नेपाल बार एशोसिएशन बागलुङकी अध्यक्ष गीता श्रीस, प्रा.डा. डिल्लीराज गौतम, प्रा. भक्तिराम न्यौपाने, मानव अधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मी जिसी कार्की, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अबिरल, प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानालगायतले आ–आफ्ना धारणा राखेका थिए।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार अमर थापा, केन्द्रीय सदस्य दिलबहादुर दर्जी, लिलादेवी शर्मा, गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवरलगायत जिल्ला सदस्यहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता, सचिव भीमलाल पोखरेलको सञ्चालन र सचिवालय सदस्य लक्ष्मी बास्कोटाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो











