अर्घाखाँची । बुटवलबाट गुल्मीको पुर्कोट दह जाँदै गरेको यात्रुवाहक फोर्स गाडी (लु १ ज ४७२४) सोमबार बिहान सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटनामा परेको छ।
करिब २५/२६ जना यात्रु सवार उक्त गाडी बिहान करिब २ बजेतिर अचानक दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना भन्दा बढी घाइते भएका छन्।
घाइते यात्रुलाई स्थानीयबासी र नेपाल प्रहरीको सहयोगमा तत्काल उद्धार गरी अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ।
स्थानीयका अनुसार दुर्घटनाग्रस्त गाडीमा करिब २५/२६ जना यात्रु सवार थिए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











