दशैंअन्तर्गत आज फूलपाती, घरघरमा शुभ साइतको प्रतीक भित्र्याइँदै

 

काठमाडौं – महान् हिन्दू पर्व बडादशैंको सातौँ दिन आज फूलपाती शुभ साइतमा घरघरमा भित्र्याएर उल्लासका साथ मनाइँदैछ।
शास्त्रीय परम्परा अनुसार विजया दशमीमा दुर्गा भवानीको पूजा–अर्चना गर्ने विधिअनुरूप आजको दिन देवीलाई अर्पण गरिने फूल, बेलपत्र, जमरा लगायतका सामग्रीलाई शुभ प्रतीकका रूपमा घरमा भित्र्याइन्छ।

फूलपाती भित्र्याउने प्रचलनले घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ। यही दिनदेखि दशैंको वातावरण झनै रमाइलो र उत्सवमय बन्ने गरेको छ।

सरकारीस्तरमा पनि आज गोरखाबाट विशेष पूजाअर्चा गरी काठमाडौंको हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने परम्परा रहँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation