अर्घाखाँचीको दुर्घटनामा दुई बालबालिकाको मृत्यु

 

अर्घाखाँची – सोमबार बिहान सन्धिखर्क नगरपालिका–९ टारीमा यात्रुबाहक फोर्स गाडी दुर्घटना हुँदा मृत्यु हुने दुईजनाको परिचय खुलिसकेको छ।

दुर्घटनामा परेर १० वर्षीया अरुणा थापा, मदाने गाउँपालिका–६ पुर्कोट दह र १३ वर्षीय नारायण पौडेल, मदाने गाउँपालिका–७ नेटाखर्कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

झण्डै २५/२६ जना यात्रु बोकेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी बिहान करिब २ बजे दुर्घटनाग्रस्त भएको थियो। घाइतेको स्थानीय स्वास्थ्य संस्था र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation