अर्घाखाँची, असोज १३ – बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको यात्रुबाहक लु १ ज ४७२४ नम्बरको लंका यातायातको क्रुजर फोर्स जीप सोमबार बिहान करिब ३:३० बजे सन्धिखर्क नगरपालिका–९, टारीस्थित सन्धिखर्क–ढोरपाटन सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पुष्टि गरेको छ। मृतकहरूमा १० वर्षीया अरुणा थापा, मदाने गाउँपालिका–६ पुर्कोटदह र १३ वर्षीय नारायण पौडेल, मदाने गाउँपालिका–७ नेटाखर्क रहेका छन्।
दुर्घटनामा परी अन्य २४ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था यस प्रकार छ:
गम्भीर: तारा सेन के.सी. (३२), गंगा थापा (३३), संजिता कुवँर (१३), उषा घ.म. (२१) – बुटवल तर्फ रिफर
मध्यम: चालक चेतन कुँवर (४२), उषा पुन मगर (२४), लक्ष्मी कुँवर (३३), सृजना कुँवर (१८), सुरेश कुँवर (१६), जगन्नाथ पौडेल (२४), निशा जि.एम. (१९), सिता वि.सी. (३०), सन्तोष कुँवर (२०), जेनीसा सेन (२२), वविता जि.सी. (२२), अनिल कुँवर (३१), सुशिला कुँवर (२८)
सामान्य: गौरव थापा (१३), आरिया के.सी. (७), अरिस्मा के.सी. (१४), अप्रिस कुँवर (१०), मनिसा थापा (१९), विनोद पराजुली (२३), आर्यन के.सी. (४)
दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्र.ना.उ. दिवश बहादुर जिसीको नेतृत्वमा २७ सदस्यीय टोली खटिएको थियो। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।
प्रहरीले जानकारी दिएका अनुसार, दुर्घटनामा सवार २६ मध्ये २ जनाको मृत्यु, ४ जना गम्भीर, १३ जना मध्यम र ७ जना सामान्य घाइते भएका छन्।











