कपिलवस्तु — शिवराज नगरपालिका–११, मर्जातपुरमा राष्ट्रिय जनमोर्चाले आयोजित जन भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जगई कोरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिंह अदै प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अदैले विजया दशमी, शुभदिपावली तथा छठ पर्व २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै धनी वर्गको देखासिखी नगरी सरल तरिकाले पर्व मनाउन आग्रह गर्नुभयो। उहाँले मुलुकको वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय जनमोर्चाको संघर्षमय इतिहासबारे पनि प्रकाश पार्नुभयो।
त्यसैगरी, जिल्ला सदस्य रामबहादुर चमारले पनि मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा ११ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ। जसमा अध्यक्ष– जगई कोरी, उपाध्यक्ष– लक्ष्मी कोरी, सचिव– हेमन्त कुमार यादव, सहसचिव– बालिसी कोरी, कोषाध्यक्ष– मिना कोरी तथा सदस्यहरूमा अर्न जी कोहर, सन्त नारायण कुर्मी, लीलावती कुर्मी, सावित्री कोरी, गुर्मावती कोरी र अयोध्या कोरी रहनुभएको छ।
नवगठित समितिले सदस्यता विस्तारसँगै मंसिरमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ। कार्यक्रममा विभिन्न पार्टीका २७ जना समर्थकहरूले राष्ट्रिय जनमोर्चाको सदस्यता लिएका छन्। नयाँ सदस्यलाई सचिव अदैले स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव हेमन्त कुमार यादवले गर्नुभएको थियो।











