आज बडा  दशैँ, टीका लगाउने शुभसाइत बिहान ११:५३ बजे

 

रुपन्देही – आज हिन्दूहरूको महान चाड बिजया दशमी (बडा दशैँ) सम्पूर्ण नेपालीहरूले हर्षोल्लासका साथ मनाइरहेका छन्। देवी दुर्गाको विजयीको प्रतीकस्वरूप आज दशमीको दिन घर–घरमा टीका–जमरा लगाउने परम्परा रहिआएको छ।

पञ्चाङ्गअनुसार यस वर्षको टीका लगाउने शुभसाइत बिहान ११:५३ बजे रहेको छ। यसै समयमा विभिन्न ठाउँमा धार्मिक विधिपूर्वक आशीर्वाद ग्रहण गर्ने चलन रहेको छ।

देश–विदेशमा रहेका नेपालीहरू परिवारसँग भेटघाट गर्दै, आशीर्वाद ग्रहण गर्दै र खुसी साटासाट गरेर यो पर्व मनाइरहेका छन्। यो पर्वले दाजुभाइ, दिदीबहिनी, आमा–बुबा र सम्पूर्ण परिवारबीच आपसी प्रेम, सद्भाव र एकताको सन्देश दिन्छ।

यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा धेरै धेरै मंगलमय शुभकामना व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation