देशभर वर्षा र जोखिम बढेसँगै नेकपा रुपन्देहीद्वारा सतर्कता र उद्धारका लागि अपिल जारी”

नेकपा रुपन्देहीद्वारा  उद्धार र सहयोगका लागि सार्वजनिक अपिल  कार्यकर्तालाई सक्रिय रूपमा खटिन निर्देशन

बुटवल, असोज १७ ।
देशभर निरन्तर वर्षा जारी रहेसँगै जल तथा मौसम पूर्वानुमान शाखाले असोज १७ देखि २० गतेसम्म विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भू–क्षयको उच्च जोखिम रहेको चेतावनी जारी गरेको छ। सोही पृष्ठभूमिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले आज एक सार्वजनिक अपिल जारी गर्दै जनताको जीवन र सम्पत्तिको सुरक्षाका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला सचिव बिरेन्द्र सीले विश्व नेपाली डटकमसँग कुरा गर्दै भन्नुभयो

“हाम्रो पार्टी रुपन्देहीका सबै तहका नेता–कार्यकर्ता अहिले जनताको साथमा छन्। सम्भावित विपद्का बेला कसैलाई पनि एक्लो महसुस हुन नदिन, उद्धार, राहत र सहजीकरणमा पूर्ण सक्रियता देखाउन निर्देशन दिइएको अपिलमा उल्लेख गरिएको छ “देशभर जोखिम बढेसँगै रुपन्देहीका तिनाउ, दानव लगायतका नदी किनार तथा ज्योतिनगर, लक्ष्मीनगर र अन्य जोखिमग्रस्त बस्तीहरूमा बसोबास गर्ने आदरणीय जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौं।”

पार्टीले राज्यका सम्बन्धित निकायहरूलाई पनि उच्च सतर्कताका साथ जनताको सुरक्षा र तत्काल उद्धार कार्यमा जुट्न आग्रह गरेको छ। साथै, नेकपा रुपन्देहीका सबै तहका संरचना र जनसंगठनहरूलाई उद्धार, सहयोग र सहजीकरणमा जुट्न निर्देशन दिइएको जनाएको छ।

बिरेन्द्र सीका अनुसार, सम्भावित जोखिम क्षेत्रका लागि विशेष उद्धार तथा सहजीकरण टिम गठन गरी तत्काल परिचालन गरिएको छ। पार्टीका केन्द्रदेखि वडासम्मका संरचना पूर्ण रूपमा सक्रिय मोडमा प्रवेश गरिसकेको बताइएको छ।

रुपन्देहीका सम्पर्क व्यक्ति र जिम्मेवारी क्षेत्रसमेत नेकपा रुपन्देहीले फोन नम्बर सहित जानकारी दिएको छ।

शरद सी — पार्टी केन्द्रीय सदस्य (बुटवल–लक्ष्मीनगर, ज्योतिनगर पहिरो) ☎️ ९८५७०२७५०७

बिश्वास सी — केन्द्रीय सदस्य, सैनामैना ☎️ ९८५७०२६६५६

बिरेन्द्र सी — जिल्ला सचिव ☎️ ९८५८४२३९६९

एनबी सी — केन्द्रीय प्रतिनिधि समिति सदस्य (बुटवल) ☎️ ९८४७३३०२८६

भक्त सी — युवा संगठन नेपाल रुपन्देही इन्चार्ज ☎️ ९८६१९९३५१६१

हरि सी — युवा संगठन जिल्ला अध्यक्ष ☎️ ९८११५१५७३७

बिज्ञान सी — बुटवल सचिव (तिनाउ र दानव नदी किनार बस्ती) ☎️ ९७४२३३४७१२

सरिता सी — जिल्ला सचिवालय सदस्य, बुटवल रानिगञ्ज ☎️ ९७६८२८१०७३

राजु सी — तिलोत्तमा नगर इन्चार्ज ☎️ ९८४७०२६६१९

मुकेश सी — सियारी/सुद्दोधन इन्चार्ज ☎️ ९७४६३८५५९०

शंकर सी — मायादेवी इन्चार्ज ☎️ ९८५७०२४१७९

योगेन्द्र सी — सिद्धार्थनगर इन्चार्ज ☎️ ९८५७०१०६७३

अभिरामा सी — गैडहवा इन्चार्ज ☎️ ९८००७६७९९३शिशिर सी — देवदह, केन्द्रीय प्रतिनिधि समिति सदस्य ☎️ ९८५७०१७९९९प्रदेशी सी — रोहिणी इन्चार्ज ☎️ ९७०४८४२३७४जसवन्त सी — ओमसतिया इन्चार्ज ☎️ ९८४११५०५४४उक्त सम्पर्क व्यक्ति र क्षेत्रीय संयोजकहरूलाई उद्धार, राहत र जनसहयोगका लागि खटाइएको जिल्ला सचिव बिरेन्द्र सीले जानकारी दिनुभयो।

नेकपा रुपन्देहीले सबै नागरिकलाई आह्वान गरेको छ “प्राकृतिक विपद् कसैको नियन्त्रणमा छैन, तर सजगता र एकताको बलले जोखिम घटाउन सकिन्छ।
सबैलाई सतर्क रहनुहोस्, सहयोगी बन्नुहोस्, र मानवीय संवेदनशीलता देखाउनुहोस्।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation