“चित्रबहादुर केसीज्यूको बोली आजको यथार्थ शिक्षा मन्त्री — महाबिर पुन”

 

काठमाडौं । आविष्कारक तथा  शिक्षा मन्त्री  महाबिर पुनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा  वरिष्ठ नेता चित्रबहादुर केसीले संसदमा दिएका विचारको उच्च प्रशंसा गरेका छन्।

पुनले आफ्नो फेसबुक पेजमा केसीको पुरानो संसदिय वक्तव्यको भिडियो सेयर गर्दै लेखेका छन् —
“उहाँ बुढ़ा नेताज्यूले एकदम सही भन्नु भएको रहेछ। संसदमा भएको घटना र भ्रष्टाचारको जरो त्यहीँबाट सुरु हुन्छ। कसैलाई मन्त्री बनाउने, सांसद बनाउने, कार्यालय प्रमुख, पालिकाको मेयर वा अध्यक्ष बनाउने क्रममा हुने चलखेल नै भ्रष्टाचारको स्रोत हो।”

उनले थप लेखेका छन् —
“ठूलाठूला ठेक्का पट्टा पाउने दलाल र भ्रस्ट सल्लाहकारहरूको माध्यमबाट करोडौँ असुल्ने प्रणाली नै भ्रष्टाचारको जरो हो। यस्तो चलन रोक्ने सट्टा त्यसलाई प्रोत्साहन दिइँदै आएको कारण अहिले देश आन्दोलनको अवस्थासम्म पुगेको हो।”

पुनले अन्त्यमा लेखेका छन् —
“उहाँजस्तो नेताले संसदमा बोलेको कुरा नेताहरूले मनन गरेर सुधारिएको भए, आज देश निकै अगाडि बढिसक्थ्यो।”

महाबिर पुनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा व्यापक समर्थन मिलिरहेको छ। धेरै प्रयोगकर्ताहरूले पनि चित्रबहादुर केसीको इमानदार र सशक्त आवाज अहिले पनि सान्दर्भिक रहेको टिप्पणी गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation