धनबिर पुन
भरतपुर, २७ असोज २०८२ (सोमबार) —
अखिल नेपाल जनजाति सम्मेलनको पाँचौं राष्ट्रिय महाधिवेशनले नयाँ ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
सम्मेलनले निमबहादुर बुढाथोकी (काठमाडौँ) लाई केन्द्रीय अध्यक्षमा चयन गरेको छ।
अन्य प्रमुख पदाधिकारीहरूः
प्रथम उपाध्यक्ष: कुलबहादुर थापा (कास्की)
द्वितीय उपाध्यक्ष: रमेशमान गुरुङ (दाङ)
तृतीय उपाध्यक्ष: उषा पुन (अर्घाखाँची)
महासचिव: अमरध्वज रानामगर (प्युठान)
सचिव: रामबहादुर जिएम (दाङ)
कोषाध्यक्ष: हुमबहादुर पुन (बागलुङ)
केन्द्रीय सदस्यहरूमा: नरेश आलेमगर, गुमानसिंह पुन, तमबहादुर घर्तीमगर, अर्जुन थापा, नरबहादुर घर्तीमगर, केहरसिंह पुन, हरिबहादुर राहाडी, शेरबहादुर सूर्यवंशी, दलबहादुर घर्ती, तुलवीर श्रीस, धनवीर पुनमगर र थममाया राना चयन भएका छन्।
वैकल्पिक सदस्यहरूमा: जितबहादुर थापा, तिलबहादुर गुरुङ, हरि आले, शुभराज गोले, विष्णु श्रीनेट र देशराज चौधरी छन्।
सल्लाहकारहरूमा: मीनराज राना, प्रकाश थापामगर, मानबहादुर सिँजापति, छविलाल सर्तुङी र निरबहादुर स्याङतान चयन भएका छन्।
महाधिवेशनले सचिवालय पनि गठन गरेको छ, जसमा निमबहादुर बुढाथोकी, रमेशमान गुरुङ, उषा पुन, अमरध्वज रानामगर, हुमबहादुर पुन र धनवीर पुनमगर रहेका छन्।











