अत्यन्तै दुःखद समाचार : अस्ताए बिपिन जोशी

 

हमासको सैन्य एकाइले आज चार जनाको शव इजरायललाई हस्तान्तरण गरिने बताएको छ, र तीमध्ये एक नेपाली युवक  बिपिन जोशी — पनि रहेका छन्।
यो समाचारसँगै देशभरको वातावरण शोकाकुल बनेको छ।

केही दिनअघि मात्रै इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सेनाले बिपिन जीवित रहेको कुनै प्रमाण नपाएको जानकारी दिएका थिए।
अब, सोही आशा र प्रतीक्षामाथि आज अन्तिम पर्दा झरेको छ।

विदेशी भूमिमा शिक्षा र भविष्यको सपना बोकेर गएका बिपिनको कथा अब हजारौँ नेपाली हृदयमा एउटा असमाप्त पीडा बनेर बस्नेछ।
उनको सम्झनामा आज सारा देश मन्दिरझै मौन छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation